धरान  / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आर्थिक अवस्था कमजोर बन्दैं गएको अवस्थामा यहाँका गोप्प सूचनाहरु बाहिर ल्याएको  भन्दैं प्रतिष्ठानका रजिष्टारले कानुनी कारवाही गर्ने चेतावनी दिनु भएको छ । 

उहाँले महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदन प्रतिष्ठानका पदाधिकारीहरुलाई प्राप्त नभई अनाधिकृत रुपमा सामाजिक सञ्जाल तथा मिडियामा आएको भन्दैं उहाँले विना अनुमति बाहिर लाने व्यक्तिलाई  २४ घण्टे लिखित जानकार िगराउन निर्देशन दिनु भएको छ । शुक्रबार रजिष्टार प्राडा. सूर्यप्रसाद सग्रौलाले विज्ञप्ति जारी गरि २४ घण्टा भित्र सूचना बाहिर लाने व्यक्तिले जानकारी गराउन भनिएको छ । अन्यथा  कानुनी कारवाही गरिने धम्कीसमेत विज्ञप्ति मार्फत दिनु भएको छ ।

‘प्रतिष्ठान केही असहज परिस्थितिबाट गुज्रिरहेको अवस्थामा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुबाट प्रतिष्ठानमा भउको संकट जोगाउन एकजुट हुनुको सट्टा अझ संस्थाको गोपनियतिा र साखमा आँच आउने क्रियाकलाप भइरहेको पाइएकाले सो सम्बन्धमा प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहान्छु ।’–रजिष्टारले जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

Bigyapti from Registrar - BPKIHS_000066 (2)