धरान / मजदुरहरुको संगठन जिफन्ट नेपालले धरान–९ मा शनिवार निशुल्क स्वास्थ्य शिविर गरेको छ । मुटु, मृगौला रोगको निधानमा अभियान चलाउदैं  आएको केएचडिसी नेपालसँगको सहकार्यमा भएको स्वास्थ्थ शिविरमा ७५ जना लाभाविन्त हुनु भएको छ । मुटु, मृगौला रोगको पहिचानका लागि रगत र पिसाव जाँच गरिएको जिफन्ट धरानका अध्यक्ष शम्सेर बर्देवाले जानकारी दिनु भयो ।

एक दिन पछि पिसाव र रगतको रिर्पोट आए पछि मुटु तथा मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीवकुमार शर्माले रिर्पोट हेरेर सल्लाहा सुझाव दिनुहुने आयोजकले जनाएको छ ।