धरान /  धरान उपमहानगरपालिका वडा नंं. १५ स्थित आशिष कलयाणसमाजले संचालन गरेको छात्रा होस्टेलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले होस्टेलका ५० जना बालिकाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको छ ।  

उहाँले कार्यालय समय सकाएर विहीबार साँझ फुर्सदको समय सदुपयोग गदैं बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको हो । 

शिविरमा ४५ जना बालिकाहरुको मधुमेहको परीक्षण गरिएको थियो । बालिकाहरुमा सामान्य रुघाखोकी, एलर्जी, पेटको समस्या भएको विरामीहरुफेला परेको  डा. सिंहले बताउनु भयो । उहाँ प्रतिष्ठानको कार्यालय समय सकाएर विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा बालबालिकाहरुको निशुलक स्वास्थ्य परीक्षण गदैं आउनु भएको छ । औषधी व्यवसायीहरुसँगको सहकार्यमा शिविरमा निशुल्क औषधीसमेत वितरण गर्नु भएको थियो । 

पूर्वका विभिन्न् जिल्लाबाट विपन्न परिवार तथा आमा बुबा गुमाएका बालिकाहरुलाई राखेर होस्टलले कक्षा १२ सम्म अध्ययन गराईरहेको छ । उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बाल स्वास्थ्य शिविर संचालन गरिएको होस्टलकी वार्डेन मेनुका मगरले जानकारी दिनु भयो । होस्टेलमा ५० जना छात्राहरु रहेका छन् । उनीहरुलाईहोस्टलले धरानको शिक्षा सदन माविमा अध्ययनका लागि व्यवस्थापन गरिएको होस्टल संचालक समितिका बोर्ड निर्देशक कुवेर गुरुङले जानकारी दिनु भयो । 

dr arun