धरान  / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ ।

     प्रतियोगितामा प्रदेश १ भरिका पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिम सहभागी हुने  अल्फा विटा कोयला कन्सल्टेन्सीको हलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा धरान, इटहरी, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाबाट प्रतिनिधित्व हुने प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिनु भयो ।   

      बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले सम्मेलनमा जानकारी गराउनु भयो । प्रतियोगितामा ६ कक्षा देखि व्याचलर लेवल सम्मका विद्यार्थी खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । पुरुष तर्फ २३ वर्ष मुनिका सम्मले मात्र सहभागिता जनाउन पाउने छ भने महिला तर्फ भने उमेर खुला गरिएको आयोजकले जनाएको छ । 

      प्रतियोगिताका छात्रतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि विजेता र हाइस्कोररले ट्रफि र प्रमाणपत्र सहित नगद पुरस्कार र उदयीमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गर्नु भएको छ । 

धरान २ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको महिला तर्फका विजेता ट्रफि पुर्व बास्केटवल खेलाडि एवं नेपाल बास्केटवल संघका पूर्व केन्द्रिय सदस्य महेश श्रेष्ठले प्रायोजन गर्नु भएको छ ।  पत्रकार सम्मेलनमा प्रायोजित पुरस्कार रकम दश हजार रुपैया प्रदान गरेको छ । प्रायोजन रकम श्रेष्ठ र उनका छोरा दृशान्त श्रेष्ठले कार्यक्रमका सभाध्यक्ष नारायण सुवेदिलाई हस्तान्तरण गर्नु भयो।