सिलुगरी, भारत  / इजा प्रकाशन तथा विश्व नेपाली साहित्य महासंघ भारत शाखाको संयुक्त आयोजनामा दार्जिलिङस्थित मेथिबारी क्याफे द ट्वीनमा कविता वाचन तथा पुस्तक पुनर्विमोचन कार्यक्रम सम्पन्न भएको छ । 

       अकादमी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार सचेन राई दुमीको अध्यक्षता तथा भाषाविद भारतीय साहित्य गौरव गोकुल सिन्हाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न श्रष्ठाहरुले कविता बाचन गर्नु भएको थियो । 

कार्यक्रममा सरस्वती शर्माकृत ‘अगेनाको धुँवा’ कथा सङ्ग्रहको पुनर्विमोचन पनि गरिएको थियो । डा. साङमु लेप्चाले कृतिमाथि चर्चा परिचर्चा गर्नु भयो । कथाकार सरस्वती शर्माले पुस्तककाबारेमा जानकारी गराउनु भएको थियो । 

विचविचमा सरोजीनि सागर ,गजलगो असिम सागरका गजलहरू कविताहरू  वरिष्ठ कवि अमला सुब्बा ,कवि निरू बिन्दु, कवि साहित्यकार अजय थापा , कवि हन्ना छेत्री, कवि ग्याल्पो लामा , कवि महुवा चौधरीले कविता सुनाएर उपस्थितलाई मन्त्रसुग्ध बनाउनु भएको थियो । 

eja2

  इजा प्रकाशनका अध्यक्ष मन्जुला तामाङले नेपालबाट प्रतिनिधित्व गर्नु भएका दुई अथिति साहित्यकारद्वय शरद प्रधान साथै असिम सागरकन साथै महुवा चौधरीलाई स्मृति चिन्ह प्रदान  गरि दार्जिलिङमा स्वागत गर्नु भएको थियो । 

वरिष्ठ साहित्यकार युवराज काफ्लेप्रति वहाँका साहित्य योगदानलाई कदर गर्दै इजा प्रकाशनद्वारा शिरशोभा अङ्गवस्त्र साथै कदरपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब्धप्रतिष्ठित साहित्यकारहरू ग्याल्पो लामा, बाल साहित्यकार डा. साङ्मु लेप्चा, डा. जीवन राणा, साहित्य शिखर पुरुष युवराज काफ्ले , बङ्ला साहित्यकार कवि  महुवा चौधरी, वि.ने. सा.म. केन्दिय सल्लाहकार  शरद प्रधान(नेपाल), प्रख्यात गजलकार असिम सागर, कवि देवीका मङ्ग्रान्ती राई, देवीका खवास, मोनिका प्रधान , पि.टि. यल्मो, नीमा तामङ्ग, ममता तामाङ् , आमा दोजी इडेन तामङ्गलगायत अन्य  बिशिष्ट अथितिहरूको उपस्थिति रहेको थियो । 

      कार्यक्रमलाई  नेपाली साहित्य जगतका युवा नारी हस्ताक्षर सुमित्रा अविरलले सञ्चालन गर्नु भएको थियो । 

eja