धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्दैं अख्तियार अनुसन्धान आयोगले विदेश अदालतमा आरोप पत्रदायर गरेको छ । 

सोमबार नभएको प्रध्यापक लेख्ने डा. गिरी र पद दिने विराटमेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध सोमबार विशेष अदालनमा मुद्धा दायर भएको हो । 

डा. गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रध्यापक पद प्रयोग गरेको देखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

उपकुलपति डा.गिरीलाई प्रध्यापक पद अनुमोदनको लागि काठमण्डौं विश्वविद्यालयमा सिफारिश गर्नसक्ने भए पनि उहाँले नियुक्ती दिएको र त्यसैको आधारमा डा.गिरीले प्रध्यापक पद प्रयोग गरेको देखिएकोले मतियारकोरुपमा भुमिका देखिएको भन्दै डा. कार्कीलाई पनि भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको आयोगका प्रवक्ताले विज्ञप्तीमार्फत जनाएका छन् ।  मुद्धा दायरभएसँगै डा. गिरी प्रतिष्ठानको उपकुलपति पदबाट स्वत निलम्बन हुनु भएको छ । यस अघि मन्त्रालयले उहाँलाई अनियमितता गरेको आरोपमा बर्खास्त गरे पनि अदालतबाट स्टे अर्डर लिएर काम गरिरहनु भएको थियो । 

Capture