धरान  / सुनसरी उद्योग बाणिज्य संघ धरानले यही फागुन १३ देखि २० गतेसम्म धरान एक्पो गर्ने भएको छ । धरानकोव्यापार व्यवसायलाई प्रवद्धन गर्न धरान एक्पो(व्यापार मेला) गर्न लागेको सुनसरी उद्योग बाणिज्य संघ धरानले जनाएको छ । 

सो कार्यक्रमबारे विहीबार प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई जानकारी गराउदैं निमन्त्रणासमेत गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनु भयो ।

संघको एक टोलीले संघले गरिरहेको लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री कार्किलाई अजगत गराएको छ । जिल्लासतरको सम्मेलन सकिएको र आगामी दिन प्रदेश स्तरिय लगानी सम्मेलनको तयारीबारे जानकारी गराइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । 

संघले मुख्यमन्त्री कार्कीलाई बधाई ज्ञापनसमेत गरेको छ । पूर्व अध्यक्ष सरोज श्रेष्ठ, उद्योग सचिव अशोक जैन, कोषाध्यक्ष प्रभाव खतिवडा, कार्यसमिति सदस्यहरु विष्णु बराल, शैलेन्द्रकुमार आचार्यलगायतको टोली मुख्यमन्त्रीलाई भेट्न विराटनगर पुगेको थियो ।  धरानमा फागुन १३ देखि नै बुढासुब्बा गोल्डकप हुँदैंछ । धरान १६ स्थित रंगशाला परिसर मै मेला पनि आयोजना गरिएको संघले जनाएको छ । 'फुटवल हेर्न आउनेहरुले मेला पनि भरेर जानेछन् ।'- अध्यक्ष श्रेष्ठले भन्नु भयो ।