धरान / हात्तीको आक्रमणबाट सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ । ५ नं. वडाका स्थानीय ६५ बर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

जंगलमा घाट काट्न जानु भएका माझी मंगलबार विहान ११ बजे हात्तीले आक्रमण गरि मारेको वडा नं. ५ का वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए ।  

एक महिनादेखि धरान र बराहक्षेत्र नगर विचको चारकोसे जंगलमा ठूलो समुहमा हात्ती आएर बस्दैं आएका छन् । रातको समयमा हात्तीको बथान नजिकैको चारकोशे जंगलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयहरु भेला भएर एकै स्थानमा बस्दैं आएका छन् । २८ वटासम्म हात्ती आफुले देखेको स्थानीय महेन्द्र कार्कीले बताउँनु भयो ।  

बराहक्षेत्र नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजदिप लामाका अनुसार बराहक्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, विच पानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिदैं आएको छ । ३ नं. वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पु¥याएको वडाध्यक्ष लामाले बताए । यि क्षेत्र जंगलसँग जोडिएको छ । १, २, ३ र ५ नं. वडाहरु जंगलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यि क्षेत्रका बासिन्दा रातभरी हात्ती खेदाउन जाग्राम बस्नु पर्ने बाध्य भएको स्थानीय बताउँछन् ।