धरान / २०१४ साल माघ १८ गते तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेको धरान – १५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा पूर्व युवराज्ञी हिमानी शाहले शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
लायन्स क्लब अफ पञ्चकन्याले ‘शिक्षाका लागी एक रूपैया’ अभियान अन्तर्गत राज्यलक्ष्मीको उपस्थितिमा कक्षा ११ र १२ पढ्ने विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्र्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
क्लवकी अध्यक्ष एकता श्रेष्ठका अनुसार पूर्व राज वीरेन्द्रले विद्यालय परिसरमा रोपेको रुद्राक्षको बोट पुरानो भए पछि पूर्व युराज्ञी शाहले शुक्रबार सोही सवाल्य परिसरमा रुद्राक्षको विरुवा रोप्नु भएको छ । उहाँले सोही कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा अन्य विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नु भएको श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार ६ हजार एक सय कपी पेन्सील, इरेजर, एक हजार थान स्कुल व्याग, एक सय थान सेतो छडी, ५७ थान सुन्ने मेसिन, ७५७ थान पानी राख्ने तुम्लेट, २२ थान ब्लाङ्केट वितरण गर्नु भएको छ ।
लाइन्स क्लवले चलाएको शिक्षाका लागि एक रुँपैया’ अभियान अन्तर्गत क्लवले शैक्षिक क्षेत्रमा योगदान दिदैं आएको छ ।





















