धरान / धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिँधुवा बजारमा भिषणआज साँझ आगलागी भएको छ । 

आगलागीमा हालसम्म ४ वटा घर जलेर नष्ट भएका छन् । अन्य २ वटामा आंशिक षति पुगेको छ । आगो नियन्त्रणका लागि स्थानीयवासी नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीको प्रयासले राती ९ बजे नियन्त्रणमा आएको छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता खेवाले जानकारी दिनु भयो । 

उहाँका अनुसार स्थानीय एक व्यवसायीको घरबाट सिलिण्डर लिक भएर आगलागी सुरु भएको थियो । धनकुटा नगरपालिका र लालीगुँरास नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने काम भएको छ । अन्य घरहरुमा आगो फैलिन नदिन गाउँपालीको डोजरले घरहरु भत्काइएको थियो ।  

प्रहरी हवाल्दार ओमप्रकास अधिकारीका अनुसार स्थानीय फ्रेस हाउसबाट आगलागी शुरु भएको थियो । जलेका घरहरुमा फर्निचर पसल, मोटससाइकल ग्यारेज, किराना पसल र फ्रेस हाउसलगायत संचालनमा थिए । आगलागीको कारण खुल्न सकेको छैन् ।