धरान  /  किराती समुदायहरुको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता आजदेखि शुरु भएको छ । 

शुक्रवार औपाचारिक रुपमा सुरु भएको प्रतियोगिताको उद्घाटन किराती संस्कार अनुसार गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि १ न। प्रदेश प्रतिनिधीसभा सदस्य रमेशकुमार वस्नेतले चिण्डोवाट बास्केटवलमा  रक्सि छर्किन्दै, कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले ढोल र धरान १८ वडाध्यक्ष प्रविण राईले भ्mयाम्टा वजाएर गरिएको थियो । किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ । किराती समुदायले सुख र दुख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछ । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै आयोजना गरिएको हो ।

 फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम फाइनलमा भिड्ने भएको छ ।

धरान बास्केटवल संघको आयोजनामा आज देखि सुरु भएको दुईदिने प्रतियोगितामा मेघा अल स्टारले होलिल्याण्ड वि, धिरान आर्दश, मेघा ए र होलिल्याण्ड ए टिमलाई पराजित गर्दै उपाधिका लागि फाइनमा आप्mनो स्थान सुरक्षित वनाएका थिए । यसैगरि विर्तामोड झापाले होलिल्याण्ड सि, डिपो स्कुल र युवा जागृति क्लवलाई पराजित गर्दै फाइनल यात्रा गरेका हुन ।

प्रतियोगिताका विजेता टिमले नगद सात हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद १ हजार ५ सय र ट्रफि प्राप्त गर्नेछ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम संगै,  धरानवाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, काम्रेल, चिल्डे्रन स्कुल र मिराकल टिम गरि १८ टिमले सहभागिता जनाएको छ ।

सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा संपन्न उद्घाटन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष द्रोपध्वज राई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान १० वडाध्यक्ष विवेक राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । मेघा अलस्टार र विर्तामोड विचको फाइनल खेल शनिवार विहान ९ वजे हुनेछ ।