विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नियुक्त गरेकाे थप तीन मन्त्रीले सपथ लिनु भएकाे छ।

माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारले आज प्रदेश प्रमुखकाे कार्यलयमा सपथ लिनु भएकाे हाे । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख पशुराम खापुङ समक्ष सपथ लिनुभएकाे छ ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसक्नु भएकाे छ । आजको नियुक्तिसँगै कार्कीको मन्त्रिपरिषद ७ सदस्यीय भएकाे छ ।