धरान /    पाँच वर्ष अघि धरान भानुचौकमा शाखा कार्यलयको रुपमा सुरु भएको कोयोला एजुकेशन कन्सल्टेन्सी अल्फा विटा कन्सल्टेन्सीको प्रवन्ध निर्देशकमा सञ्जिव राईलाई नियुक्त गरिएको छ । 

राईलाई मंगलवार विद्यार्थीहरु माझ परिचय गराउदै एक कार्यक्रमको आयोजना गरि अल्फा विटाका धरान शाखा अध्यक्ष लोकेन्द्र श्रेष्ठले स्वागत गर्नु भयो । राई करिव तीस वर्ष देखि शैक्षिक क्षेत्रमा आवद्ध रहेर काम गरिरहनु भएको छ । उहाँ  धरान ५ स्थित डिपि विलिभर्स इङ्गलिस स्कुलका संचालक तथा प्रधानध्यापक हुनुहुन्छ । 

भानुचौक स्थित साधना भवनको तेस्रो तलामा रहेको अल्फा विटाले स्वदेशी तथा वैदेशिक अध्यनका लागि परार्मश गर्नुका साथै अध्यनका लागि तयारी कक्षा समेत संचालन गर्ने नवनियुक्त प्रवन्ध निर्देशक राईले जानकारी दिनु भयो । अल्फामा हाल विभिन्न विषयमा एक सय ५० जना विद्यार्थीले अध्यन गरिरहेका छन । विद्यार्थीहरुलाई परामर्शसंगै पिटि, आइटि, सिमेट, व्रिज कोर्ष, कोरियन भाषा, इन्जिनियरिङ्ग र स्टाफ नर्स तयारी कक्षा समेत संचालन भइरहेको छ । पाँच वर्षमा अल्फामा अध्यनरत ६० जना विद्यार्थीहरु युरोपको विभिन्न देशमा अध्ययन गरिरहेको अध्यक्ष लोकेन्द्र श्रेष्ठले वताउनु भयो । कोरोनाको महामारीको कारण तीन वर्ष विद्यार्थीहरुलाई वैदेशिक अध्यनमा वाहिर पठनपाठन गराउन नसकेको रहाल भने जान थालेको उहाँले जनाकारी दिनु भयो ।