धरान  / इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पुरा गरेका आप्mनो दशौ व्याचका विदार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । 

कलेजले आइतवार धरान कलेज रोड स्थित सर्कल क्याफेमा विदाइ कार्यक्रमको आयोजना गरि कोर्ष पुरा गरि इन्र्टका लागि जान लागेका विस जना विद्यार्थीहरुलाई शुभकामना दिदै विदाइ गरेको हो । कलेजमा ६ महिनाको कोर्ष पुरा गरेका ११ जना विद्यार्थी भारतको गुजरातस्थित चार तारे होटल फन रेसिडेन्स र ९ जना विद्यार्थी काठमाडौ स्थित पाच तारे होटल ह्यात होटलमा जान लागेका हुन । गुजरात स्थित गान्धि नगरमा अवस्थित चेन होटलको रुपमा रहेको फन रेसिडेन्सको भारतमा मात्र ८० वटा शाखा होटल रहेको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका सिइओ लोकेन्द्र श्रष्ठले जानकारी गराउँनु भयो ।  इन्र्टनका लागि गुजरात जाने विद्यार्थीहरुलाई फन रेसिडेन्सले खान, वस्न र न्युनतम पारिश्रमिक सुविधा समेत दिनेछ । यस अघि यहि इन्र्टनका लागि चाइना र दुवइ जाने विद्यार्थीले करिव साढे दुई लाख रुपैया खर्च गर्नुपथ्र्यो । अहिले जान आउन थोरै खर्च लाग्नुका साथै सेवा सुविधा पनि राम्रो भएको उहाँले बताउनु भयो । 

कोर्ष पुरा भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सिइओ लोकेन्द्र श्रेष्ठ, एकेडेमिक डाइरेक्टर सन्जिव राई, धरान उपमहानगरपालिका वरिष्ठ लेखा परिक्षण अधिकृत रमेश शाहलगायतले प्रमाणपत्र प्रदान गर्नु भयो ।