धरान / किरात समुदायहरुले नयाँ वर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री खुल्ला महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ ।

किरात न्यु इयर इभ ५०८३ मनाउदै किरात राई खेलकुद संघ, सुनसरीको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि पौष २९ र ३० गते दुई दिने प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान र धरान आसपासका करिव एक दर्जन महिला बास्केटवल टिमले सहभागिता जनाउनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

     किरात समुदायहरुले माघ १ गते माघे संक्रातिलाई नया वर्षको रुपमा मान्दै आइरहेको छ । हरेक वर्ष माघ १ गते यले संवतलाई किरात राई यायोक्खाले देशभर भव्य रुपमा मनाउन गरेको छ । देशविदेशमा रहेका किरात समुदायहरुले समेत आआप्mनै तरिकाले यले संवत यलेदोङलाई भव्य रुपमा मनाउदै आइरहेको छ । किरात राई यायोक्खा सुनसरीले किरात नया वर्ष यलेदोङको अवसरमा वेलुन उडाउने, साकेला नाच गर्ने, मैत्रिपुर्ण फुटसल खेल्ने, धरान १७ स्थित साकेल पार्कमा रहेको यलम्वरको प्रतिमामा द्धिप प्रज्वलन गर्ने जस्ता कार्यक्रम रहेको छ ।