धरान / धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जथ्था गाउँ प्रवेश गर्न थाले पछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् । 

२८ वटा भन्दा बढि हात्तीको समुह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जंगलमा दिन भरी बसने र साँझ परे पछि मानवबस्ती पसेर खेतीबालीमा नोक्सान पु¥याउदैं आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताउँनु भयो । साँझ पर्न साथ हात्तीको बथान आएर दुःख दिदा स्थानीयहरु आजित भएको उहाँले बताउँनु भयो ।  

‘साँझ परे पछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयहरुले लगाएको फलफुल, केरा,लगायतका अन्यबाली नोक्सान पु¥याउदैं आएका छन् ।’–भरौलका स्थानीयवासी नीरकुमार कार्कीले भन्नु भयो –‘साँझ परे पछि हात्ती धपाउन तयार हुनु पर्छ । जंगल नजिक घर हुनेहरु रातभरी निदाउन पाउदैंनन् ।’  

१५ दिन अघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोशे जंगलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयहरु भेला भएर एकै स्थानमा बस्दैं आएका छन् । २८ वटासम्म हात्ती आफुले देखेको स्थानीय महेन्द्र कार्कीले बताउँउनु भयो । ५÷६ वटा ५÷६ वटाको झुण्ड बनाएर मानवबस्ती पस्ने गरेका छन् ।  

बराहक्षेत्र नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजदिप लामाका अनुसार बराहक्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, विच पानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिदैं आएको छ । ३ नं. वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पु¥याएको वडाध्यक्ष लामाले बताउँनु भयो । यि क्षेत्र जंगलसँग जोडिएको छ । १, २, ३ र ५ नं. वडाहरु जंगलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यि क्षेत्रका बासिन्दा रातभरी हात्ती खेदाउन जाग्राम बस्नु पर्ने बाध्य भएको स्थानीय बताउँछन् । 

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समुहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आए पछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, जनपथ प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधीहरुले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताउनु भयो । दैनिक नांलो ठटाएर हात्ती तर्साउने काम भन्दा अरु केही विकल्प नभएको जनप्रतिनिधी बताउछन् । क्षेती भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्द गराउने नगरपालिकाले जनाएको छ ।