धरान, / धरान स्थापनाको अवसर पारेर धरान उपमहानगरपालिकाले पुस २० गते आज उपमहानगरभरी सार्वजनिक विदा दिइएको छ । स्थापना दिवस मनाउन उपमहानगरले सार्वजनिक विदा दिइएको हो । पुसा ११ गते बसेको कार्यपालिका बैठकले धरान उत्सव उद्घाटन समारोहका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उपमहानगरका प्रवक्ता तथा १७ नं. वडाका वडाध्यक्ष सूर्यकुमार भट्टराईले जानकारी दिनु भयो । 

 बुधबार धरान उपमहानगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य कार्यालय र विद्यालयहरु सार्वजनिक विदा दिइएको हो । यस्तै, धरानस्थित सम्पुर्ण सरकारी कार्यालयहरु, क्याम्पसहरु र अन्य कार्यालयहरु पनि एक दिन विदा दिन उपमहानगरपालिकाले अनुरोध 

उत्सव धरान १२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा हुदैछ । मुल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माका अनुसार आज बिहानै सेवक अभियानको संयोजनमा भानुचोकदेखि धरान १३ विपी पार्कसम्म पदयात्रा गरिएको छ । धरान उत्सवकै अवसर पारेर बिहान धरान ७ स्थित स्वर्गीय भुपेन्द्रराज ज्येष्ठ नागरिक पार्कको मेयर हर्कराज राईले उद्घाटन गर्नु भएको छ । 

उत्सवको औपचारिक कार्यक्रम दिउँसो १ बजे राखिएको छ । स‌घीय माननीय अशाेककुमार राईले उत्सवकाे उदघाटन गर्ने कार्यक्रम रहेकाे छ ।  आयाेजकका अनुसार तीन दिनसम्म चल्ने उत्सवमा दिउँसो ३ बजेदेखि ६ बजेसम्म लोकदोहोरी प्रतियोगिता हुने छ  । हरेक दिन बिहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम र बेलुका ६ बजेदेखि ९ बजेसम्म साँगीतिक तथा साँस्कृतिक कार्यक्रम हुने छ ।

धरान उत्सवको इतिहास 

धरान उत्सवको शुरुआत धरानमा वस्ती विकास शुरु भएको १ सय वर्ष पुरा भएको इतिहास सार्वजनिक गर्दै २०५७ सालमा तत्कालिन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा पहिलो पटक धरान शतवार्षिक महोत्सव आयोजना गरिएको थियो । धरान स्थापना भएको स्मृतिलाई निरन्तरता दिनका लागि शत्वार्षिकीकै अवसरमा हरेक वर्ष पुष महिनाको २० गते धरान उत्सव आयोजना गर्ने घोषणा गरिएको थियो ।

व्दन्दकालमा यस्ले निरन्तरता पाउन सकेन । निरन्तरता टुटेपछि जनप्रतिनिधि विहीवन अवस्थामा २०६७ सालमा २०१७ सालमा धरान नगरपालिका घोषणा भएको मितिले धरान नगरपालिका स्थापनाको ५० वर्ष पुगेको भनि धरान उत्सवको आयोजना गरिएको थियो ।

दुई दशक अघि शतवार्षिकी मनाउँदै धरानको समग्र विकासको लागि ५० वर्षे अवधारणा भिजन पनि तयार गरिएको थियो । धरानको विकास सम्बन्धि गोष्ठीले संक्षिप्त रुपमा ‘शैक्षिक, स्वास्थ्य, पर्यटन, सास्कृतिक पूर्वाधार युक्त शहर धरान’ भन्ने नारा तय गरेको थियो । उक्त नारा हाल पनि उपहानगरपालिकालेले आफ्ना प्रचार समाग्रीहरुमा प्रयोग गर्दै आएको छ ।  धरान बजारको इतिहास खोज्दै जाँदा धरानले २०१७ सालमा नगरपालिकाको मान्यता पाएको पाइन्छ । त्यस अघि तीनसय वर्ष अघिको इतिहास रहेको विजयपुरसंग जोडिएको धरानको इतिहास रहेकोछ ।