धरान  /       धराने युवाहरुको साङ्गितिक समुह एजिज व्याण्डले आप्mनो दोस्रो प्रस्तुति उडी जाउ गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

    व्याण्डले मंगलवार आप्mनो अफिसियल युट्युव च्यानल एजिज व्याण्डवाट म्युजिक भिडियो सार्वजनिक गरेका हुन । उडी जाउ गितमा स्वर, शव्द र संगित व्याण्डका भोकलिस्ट मनकुमार लिम्वुको दिनु भएको छ । यसै गरि गिटारमा श्रीहाङ राई, वेस गिटारमा मनाहाङ राई र ड्रममा अर्जुन लिम्वु रहनु भएको छ । विरान लिम्वु र इन्द्र भुजेलले संयुक्त रुपमा निर्देशन गरेको म्युजिक भिडियोमा व्याण्डका गिटारिस्ट श्रीहाङ राई र मोडल काजल श्रेष्ठको अभिनय रहेको छ । धरान उपमहानगरपालिका क्षेत्र वरिपरि गरिएको छायंकनमा क्यामेरा एनजि स्टुडियोले गरेक ५ ।  यस अघि व्याण्डले वचाइ देउ गितको म्युजिक भिडियो सार्वजनिक गरिसकेको व्याण्डका म्यानेजर आइमान राईले जानकारी दिनु भयो ।