विराटनगर /  नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । 

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताउनु भएको छ । उहाँले गुरुकुल शिक्षामा शिक्षक र विद्यार्थीसँगै बसेर पाठ्यक्रम बिना नै विद्यार्थीहरुले सिक्दै जाने उल्लेख गर्नु भयो । 

कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा. गुरुप्रसाद सुवेदी, डा. बासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिनु भयो । संस्कृत भाषा सम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पिठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।