धरान  / किरात राई यायोक्खा वडा कार्यसमिति धरान–१३ को अध्यक्षमा दोस्रो पटक सिर्पाल राई सर्वसम्मत निर्वाचित हुनु भएको छ ।  

शुक्रबार सुर्यस्वस्तिका मार्गस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष राईको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

अधिवेशनले उपाध्यक्षमा जिम्मेवारी थामबहादुर राई र सुनिता राईलाई चयन गरिएको छ । यस्तै, सचिबमा पुनः सत्यकुमार राई दोहोरिएका छन् । सह–सचिबमा बसन्त बान्तावा राई, कोषाध्यक्षमा सरिता राई र सह–कोषाध्यक्षमा हेमुना राई चयन हुनु भएको छ ।  सदस्यहरुमा यम बहादुर राई, राजु राई, सन्तोष राई, कल्पना राई, रविन राई, नमीता राई, मनुराज राई, वेगम राई, धनकुमार राई, मनोज राई, रोश्नी राई र सुरेश राईलाई चयन हुनु भएको छ । अधिवेशनले सल्लाहकारमा देवीका राईलाई मनोनित गरेको छ । अधिवेशनको बन्द सत्रमा सचिब सत्यकुमार राईले संस्थाको प्रगति प्रतिवेदन पस्तुत गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता राईले प्रस्तुत गर्नु भएको थियो ।  

सोही अवसरमा खसंस्थामा पु¥याएको योगदानको कदर गदै विभिन्न विद्यामा ११ जनालाई किराती सस्कार अनुसार फेटा तथा सम्मान पत्रसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक कार्यबाहक अध्यक्ष रसु राई, पूर्व अध्यक्ष काजीमान राई, पूर्वअध्यक्ष ज्ञानकुमार राई र निवर्तमान अध्यक्ष मौलमान राई रहनु भएको छ । यस्तै, संस्थापक अध्यक्ष स्व गंगा बहादुर राईलाई मरणेपरान्त सम्मान गरियो । 

यस्तै, भुवन राई, देशबहादुर राई, उत्तरकुमारी राई, मनकुमारी राई, कुमार राई र थाम बहादुर राईलाई समेत सम्मान गरिएको छ ।  उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, विशिष्ट अतिथी किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई र संस्थाका अध्यक्ष सिर्पाल राईले सम्मान पत्र तथा फेटा गुथेर सम्मान गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले प्रदेश १ लाई ‘किरात प्रदेश’ नामाकरण गराउन अभियान जारी नै रहेको दोहो¥याउदै अझ शसक्त रुपमा दवाबमुलक कार्यक्रम आयोजना गरिने बताउनु भयो । कार्यक्रममा पूर्वसिडिओ प्रेमकुमार बान्तावा, संरक्षक डिवि थुलुङ, किराया धरान नगर कार्यसमितिलगातयको उपस्थित रहेको थियो ।