धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज  राई(साम्पाङ)को गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण तीन महिनादेखि रोकिएको कार्यपालिका बैठक सोमबारदेखि सौहार्द्रपूर्ण वातावरणमा सुरु भएको छ । दुवै पक्षलेआफ्ना कमिकम्जोरी भएको महसुस गदैं आइन्दा नदोहराउने प्रतिवद्धता जनाए पछि विवाद साम्मे भएको हो । 

गत असोज १३ गतेयतादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । बीचमा कार्यपालिका बैठक डाकिए पनि कार्यपालिका सदस्यहरूले मेयरको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति आत्मालोचित बन्नुपर्ने अडान राख्दै आएका थिए । मेयर पनि कार्यपालिका सदस्यको राजीनामा माग गदैं आउनु भएको थियो । 

मेयर साम्पाङलाई सहकार्य गरेर अगाडी बढ्न चौतर्फी दवाव आए पछि समझदारीमा आएका हुन । सोमबारको बैठकमा मेयर राईले  काम गर्दै जाँदा मबाट पनि त्रुटि भयो होला, तपाईंहरूबाट पनि भयो होला, हामी सबै सच्चिएर जानुपर्छ भने पछि सोमबारको कार्यपालिका बैठकले निरन्तरता पाएको थियो ।  

असोज १३ गतेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानलाई बहुसांस्कृतिक पार्कको विषयमा आफ्नो राय राख्ने क्रममा ‘बाहिर जानू’ भन्ने निर्देशन दिएर बैठकमा आफ्नो धारणा राख्न मेयर रार्यले रोक्नु भएको थियो । कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दैं मेयरले माफि माग्न उनीहरुले दवाव दिदैं आएका थिए । 

विगत कात्तिक १७ गते, कात्तिक २४ गते र मङ्सिर ९ गते कार्यपालिका बैठक डाकेको भए पनि बस्न सकेको थिएन । चोतफी दवाव र उपमहेयर आइन्द्रविक्रम बेघाको समन्वयमा मेयर र कार्यपालिका सदस्यविच सहमति गरिएको हो । 

सोमबार बसेको धरान कार्यपालिकाको बैठकले  १२ वटा एजेन्डा प्रस्तुत गर्दै पारित गरेको छ । 

उपमहानगरका प्रवक्ता सूर्यप्रसाद भट्टराईका अनुसार तीन दिनसम्म धरान डे मनाउने गरी एजेन्डा पारित भएको छ ।  आउँदो माघ १५ गते नगरसभा गर्ने निर्णय पारित भएको छ । त्यस्तै धरानका खोलाहरूको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्ने एजेन्डा पनि पारित भएको छ । यस्तै गणपूरक सङ्ख्या पुर्याउने, अघिल्लो बैठकको समीक्षा, बाटोको नामकरण र मापदण्ड, ल्याव सामाग्रीको दररेट, करार कर्मचारी, इन्जिनियरको असाधारण बिदा स्वीकृति र विविध एजेन्डा प्रस्तुत गरी पारित गरिएको छ ।

त्यस्तै सङ्घीय सरकारमा समपूरक र विशेष अनुदानका लागि आर्थिक वर्ष २०८० /०८१ को योजना छनौट गरी केन्द्रमा पठाउने निर्णय पनि पारित भएको छ । जसमा धरानको बसपार्कको योजनाका लाग २४ करोड ९७ लाख रुपैयाँ बजेट माग गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनु भयो ।