धरान  /  पू र्व कै नाम चलेको सरकारी विद्यालय इटहरीस्थित जनता माध्यमिक विद्यालयाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रानलयले उत्कष्ट विद्यालयको रुपमा छनौट गरेको छ ।  सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा उक्त विद्यालयलाई छनैट गरेको हो।

सामाजिक विकास मन्त्रालय प्रशासन तथा शैषिक योजना महाशाखाले  उत्कृष्ठ विद्यालयका रुपमा छनौटमा परेको जानकारीसहित प्रदे्श सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न पुस ९ गते महाशाखाले विद्यालयलाई पत्रचार गरेको छ । 

मन्त्रालयका उपसचिव कृष्णप्रसता पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया पाउने छ । २० प्रतिशतसम्म प्रोत्साहान कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावको आधारमा कार्यगर्ने गरि योजना बनाएर पेस गर्न पत्रचार गरिएको उपसचिव पोखरेलले जानकारी दिनु भयो । 

मन्त्रालयले आर्थिक बर्ष  २०७९/८० का लागि प्रत्येक जिल्लाबाट १/१ वटा उत्कृष्ट व्यवस्थापन भएका सफल सामुदायिक माध्यमिक विद्यालयलाई प्रोत्साहन कार्य गर्ने कार्यक्रम अनुसार सुनसरीमा जनता माविलाई छनौट गरेको हो ।  मन्त्री स्तरिय बैठकबाट मंसिर २६ गते जनता माविलाई उत्कृष्ट विद्यालय छनौट गरि प्रोत्साहन कार्यक्रम दिने निर्णय गरेको हो । 

पछिल्लो चार वर्षमा जनता मावि नमूना विद्यालयको रुपमा दरिएको छ । यहाँ निजी विद्यालयहरुबाट अध्ययन गराउन विद्यालहरु ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनु भयो । 

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा शैक्षिक अवस्था कमजोर मात्र नभई विद्यार्थीहरु समेत घटदोक्रममा रहेको थियो । केही समय यता काशीनाथ दंगालको नेतृत्वमा विद्यालय सुधारहुदैं आएको हो । 

कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरी कै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको विदालयले दावी गरेको छ । 

अध्यक्ष दंगालले भन्नु भयो –‘विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका बाँकी सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको छ । यसको निरन्तरताका लागि हाम्रो प्रयास जारी रहने छ ।’

 विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरु रहेको अध्यक्ष दंगालले जानकारी दिनु भयो । 

पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयहरुको लागि जनता विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै वन्न सफल भएको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालयका पधानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो ।  जनता माविले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानून र सिभिल इञ्जिनियरको पढाई सुरु गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनु भयो । 

janata