उदयपुरको गाइघाटबाट खोटाङको दिक्तेलको लागी छुटेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको यात्रुबाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपामा आज बिहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बिहान १०ः४० बजे बस सडकबाट करीब ५ मिटर तल खसेर दुर्घट्ना भएँको उदयपुर प्रहरीले जनाएको छ । दुर्घट्नामा दित्तेल रुपाकोट मझुवागढी न.पा.१४ खिरिका वर्ष २९ का बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षिया दिल कुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका २ खार्पाका २० वर्षिय कुशल सार्की, दिरुमनपा १५ का ७३ वर्षिय आइते सार्की, सोही ठाउँका २७ वर्षिया सुस्मिता ढुंगना र हलेसी तुवाचुङ नगरपालिका ११ का रेनुका भुजेल घाईते भएका छन् ।

घाइतहरु बिरेन्द्र, दिलकुमारी र रेनुकालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ । अन्य घाइतेको स्वास्थ्य चौकि बुइपामा उपचार भइरहेको छ ।

सह-चालकले बस चलाएका कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बस दुर्घटना पश्चात चालक र सह-चालकल फरार भएका छन् ।