• माेतिराज सुनुवार

म जस्तै एउटा साथी थियो ।

म राम्रो हो कि होइन ? 

थाहा छैन ।

मलाई लाग्थ्यो ,

ऊ भने म जस्तै थियो ।

माथिबाट यो गर्ने , त्यो गर्ने ,

निर्देशन हुन्थ्यो ।

काम सम्पन्न गर्न , 

कहिले ऊ अगाडि  ,

कहिले म अगाडि भएर हिड्थ्यौं ।

चना , भूजामा हामी उस्तै गरेर रमाउथ्यौं ।

चउरिमा नै पनि निदाउथ्यौं ।

एकले अर्कालाई दुःख , सुखका कुरा सुनाउथ्यौं ।

हामीले महिनौं गार्डको ट्रेनिङ लियौं ।

न भत्ता माग्यौं ,

न मासु भात नै माग्यौं ! 

हामीले हामीलाई नै सम्पूर्ण ठान्यौं ।

गार्डको काम खुब गर्यौं ।

अरुले चिया खाएर फ्यांकेको , फोहर गरेको ,

खुब सफा गर्यौं ।

मुड्की उठाएर आउनेलाई तह लगाउन पनि ,

अग्रिम मोर्चामा उभियौं ।

यसरी संगै हिड्यौं ,

संग‌ै खायौं ।

मलाई सधै लाग्थ्यो ऊ ,

म जस्तै छ ।

तर हैन रहेछ ।

मैले मात्र त्यस्तो सोच्दो रहेछु ।

साथी त मलाई कहिलै नभेट्ने गरि ,

टाढा भागे छन ।

मैले आफूलाई धोका दिएको महसुस गरे ।

म मात्र एक होरो माया गर्दो रहेछु ,

झै मनमा लाग्यो । 

एक वचन सोधेको भए ,

के विग्रिन्थ्यो र ? 

सायद ! 

यस्तो छुटाइ ,

यस्तै हुन्छ होला ।

निकै रुएं ।

अहिले पनि तिमीलाई सम्झेर ,

यहाँ कोर्दै छु । 

म भावविह्वल हुँदै छु ।

अनि फेरि सम्भालिदै छु र भन्दै छु ।

ठिकै छ साथी ! 

मलाई नभनी , 

कहिलै नभेट्ने बाच बन्धन गरेर ,

हिड्यो ।

जहाँ पुगे पनि ,

हिजोको जस्तै ईमान्दार , असल , नेतृत्वदायी ,

संघर्षशिल , निडर , समाजको अगुवा अनि जुझारु ,

बनी नै रहनु ।

सधै सुखी रहनु ।

तिम्रो साथी यो ठाउको ,

हिजोको जस्तै ,

मोर्चा सम्भालि रहने छ ।

ढुक्क हुनु ,

तिम्रो साथी तिमी जस्तै इमानदार छ ।

तिम्रो मेहनत , परिश्रम परेको तिम्रो ,

प्यारो पार्टी नेकपा एमालेलाई समृद्ध ,

बनाउने अभियानमा जुटिरहने छ ।

कमरेड गयाराम राजधामी - हार्दिक श्रद्धाञ्जली !