धरान  / सुनसरी मुवा थाइ संघको आयोजनामा प्रदेश १ मा नै पहिलो पटक धरान मुवा थार्इ राष्ट्रव्यापी प्रतियोगिता सम्न्न भएको छ । 

मुवा थाई खेलको प्रर्दशन तथा प्रर्वद्धन गर्ने उद्धेश्यले धरानको भानुचोकमा शनिवार सम्पन्न प्रतियोगितामा सुनसरीका मुवाथाई संघका सिदार्थ लिम्वु, ललितपुर मुवाथाइका सुमित देसाई, सिन्धुल्पालचोक मुवाथाइका फेजिमान गुरुङ्ग र सुवानी श्रेष्ठ र काभ्रेका सन्तोष विश्वकर्मा च्याम्पियन वन्नु भएको छ । 

 सुनसरीका सिदार्थले ६३ केजी तौलमा रामेछापका मिनवहादुर मगरलाई, ललितपुरका सुमितले ५७ केजी तौलमा दार्चुलाका तेजसिंह एरिलाई, सिन्धुल्पालचोककी फेजिमाया गुरुङ्गले ४८ केजी तौलमा सर्लाहिका अन्जना ढुङ्गेललाई, सिन्धुल्पालचोककै सुवानी श्रेष्ठले विपना जिसिलाई र काभे्रका सन्तोष विकले ७३ केजी तौलमा ललितपुरका सुजन महर्जनलाई पराजित गर्नु भयो । तीन मिनेटको तीन राउण्ड खेलाइएको खेलमा सन्तोषले सुजनलाई पहिलो राउण्डमा नै नकआउट गरेका थिए ।

विजेता खेलाडीहरुलाई नगद १० हजार र उपविजेता खेलाडीलाई नगद  ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राई, कार्यक्रमका सभाध्यक्ष मुवा थाई सुुनसरी संघका अध्यक्ष एल्कोन मगर, विशेष अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र वेघा, मुवा थाई केन्द्रिय अध्यक्ष गणेश कक्षपति, सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगरलगायतले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा उपस्थित दर्शकहरुको मनोरञ्जनका लागि युनाइटेड डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।