काठमाडौं  /  राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आयोगले दिएको शनिबार दिउँसो ४ बजेसम्मको समयसीमा अघि कार्यसम्पादन समितिको बैठक बसेर राप्रपाले समानुपातिक सांसदको सूची फाइनल गरेको थियो। 

समानुपातिक सांसदहरुमा पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित ७ जनालाई चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो । 

पार्टीले खसआर्य पुरुषतर्फ पशुपतिशमशेर जबरा, खसआर्य महिलातर्फ रोशन कार्की र गीता बस्नेत, जनजाती पुरुषतर्फ बुद्धिमान तामाङको सूचि फाइनल गरेको छ । यस्तै जनजाती महिलातर्फ बीना लामा, मधेशी महिलातर्फ बीना जयसवाल, दलित महिलातर्फ अनिसा नेपाली पर्नु भएको छ ।