धरान  / हिसान स्पोर्टस मिट २०७९ अन्र्तगत यहि मंसिर २२ गते देखि हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।

      प्लस टु विद्यालयको शैक्षिक संस्था हिसान सुनसरीको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस मिट अन्र्तगत बास्केटवल प्रतियोगिता हुन लागेका हो । बास्केटवल प्रतियोगितामा सुनसरी भरिका प्लस टु विद्यालयका महिला र  पुरुष टिमले सहभागिता जनाउनेछन् । पुरुष तर्फ १० र महिला तर्फ ८ टिमले सहभागिता जनाउने हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरेले जानकारी दिनु भयो ।  प्रतियोगितामा सहभागि विद्यार्थीहरु ०७८ र ०७९ सालको एसइइ व्याचको हुन पर्नेछ । प्रतियोगिता धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुने संयोजक घिमिरेले बताउनु भयो । 

     प्रतियोगितामा हिसान स्पोर्टस मिट अन्र्तत ११ विद्यामा विभिन्न प्रतियोगियात्मक कार्यकम हुदैछ । मिट अन्र्तगत चेस र वक्तित्वकला सकिएको छ । बास्केटवल, भलिवल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, फुटवल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन वाँकी रहेको आयोजकले जनाएको छ ।