धरान  / प्रदेश  १ माको निर्वाचन नतिजा लगभग आइसकेको छ । समानुपातिक सिट मिलाउन काँकी रहेकोअवस्था छ । यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बनेको छ। उसले प्रत्यक्षतर्फ २५ सिट जितिसकेको छ । समानुपातिकमा १५ सिट पाउने छ ।  यो जोड्दा ४० सिट पुग्ने छ । 

नेपाली कांग्रेस प्रदेश  १ को दोस्रो ठूलो दल बनेको छ । १७ स्थानमा जित हासिल गरेर दोश्राे ठ्रलो दल बनेको छ । उसले १२ सिट समानुपातिकबाट पाउने छ । यो जोड्दा २९ सिट मात्र हुने छ । 

यता माओवादी केन्द्रले  प्रत्यक्षमा  ९ सिट पुर्याएको छ ।  एकीकृत समाजवादीले तीन क्षेत्रमा जित हासिल गरेको छ । राप्रपाले दुई क्षेत्रमा जित हासिल गरेको छ । उसले समानुपातिकमा राम्रो मत ल्याएकाले जम्मा राप्रपाको ६ सिट हुने छ । 

प्रदेश सभामा कुल ९३ सांसदमध्ये ५६ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुने र ३७ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा कुल ५६ वटै सिटको नजिता आइसेको छ । 

यति बेला ठूलो दल मानिउको नेकपा एमाले सरकार बनाउन छलफल अगाडि बढाएको छ । 

उल्लेखित सांसद संख्यालाई हेर्ने हो भने प्रदेश- १ मा गठबन्धन सरकार बन्नेछ। तर मंसिर ४ मा सम्पन्न निर्वाचनमा बनेको वर्तमान सत्ता(गठबन्धलाई ४७ सांसद सहितको आवश्यक बहुमत पुर्याउन निकै कठिन छ।

यता, एमाले नेतृत्वमा राप्रपा र जसपा गठबन्धन कायम रहेमा बहुमत पुग्ने छ ।  प्रदेश- १ मा एमाले नेतृत्वमा सरकार गठन हुने सम्भावना प्रवल छ । 

को बन्ला मुख्यमन्त्री 

एमालेको नेतृत्वमा सरकार गठन हुदा झापा ५१) बाट निर्वाचित नेकपा एमाले पार्टी स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने छन् ।  सुनसरी २(१) बाट निर्वाचित रेवतीरमण भण्डारी, ताप्लेजुङ (१) बाट निर्वाचित पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वो मुख्यमन्त्रीमा दावी गर्न सक्नेछन् ।  मिलाएर लादा मेन्याङ्वो  शक्तिशालीमन्त्री, भण्डारी सभामुख र कार्कीमुख्यमन्त्री हुने सम्भावना रहेको एमालेका एक प्रदेश नेता बताउछन् । राप्रपा र जसपासँग गठबन्धन हुदा राप्रपाबाट उपसभामुख र जसपाले एक मन्त्रालय पाउने छ । झापा १ (२) बाट  िवजयी राप्रपाकी सविना बजगाइले  उपसभामुख पाउने सम्भावना छ ।

यो प्रदेशमा वर्तमान सत्ता(गठबन्धनबाटै सरकार बन्ने अवस्था आए एकीकृत समाजवादीले दावी गरेमा वर्तमान मुख्यमन्त्री तथा भोजपुर १(१) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राई मुख्यमन्त्री हुन सक्छन्। तर यो झिनो सम्भावना छ।

त्यस्तै माओवादी केन्द्रले दावी गरेमा यो प्रदेशका वर्तमान मन्त्री तथा पाँचथर १(२) बाट निर्वाचित ईन्द्रबहादुर आङ्वोको सम्भावना रहन्छ। यस्तै, मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्यलाई पनि माओवादी केन्द्रले अघि बढाउन सक्छ। आचार्यको माओवादी नेतृत्वसँगको पारिवारिक सम्बन्धले काम गर्न सक्छ। तर यो पनि त्यत्तिकै झिनो सम्भावना हो।

यो प्रदेशमा वर्तमान सत्ता(गठबन्धनबाट कांग्रेसले नै प्रबल रुपमा मुख्यमन्त्रीमा दावी गर्न सक्छ। त्यस्तो अवस्था आए पार्टी केन्द्रीय सदस्य तथा मोरङ ५(२) बाट निर्वाचित सांसद अमृतकुमार अर्याल मुख्यमन्त्री बन्ने सम्भावना छ। त्यसो त मोरङ ४(२)बाट निर्वाचित भीम पराजुली पनि मुख्यमन्त्री दावी गर्न सक्छन्।