काठमाडौं   / नेकपा एमालेका नेता भीम रावललाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह विच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।  साह र अमेरिकी राजदूत भेटका विषयमा नेता रावलले प्रश्न उठाएपछि बालेन्द्रले तत्काल जवलाफ फर्काउनु भएको थियो । 

बालेन्द्रले जवाफमा भन्नु भएको छ ‘हामीलाई तपाईंहरूजस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो, तर हामीले हामीचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी–पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ।’

रावलले नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था भएको सम्झाउँदै साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइनभन्दैं प्रश्न गर्नु भएको थियो ।