धरान / धरानको समग्र विकास र हितको लागिकाम गदैं आएको धरान सरोकार समाज काठमाडौंले सुनसरी क्षेत्र नं. १ बाट विजयी नेताहरुलाई स्वागत तथा सम्मान गरेको छ । 

बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरि सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभखभ सदस्यमा विजयी अशोककुमार राई, प्रदेश सभामा विजयी रमेशकुमार बस्नेत र विजयकुमार राईलाई स्वागत तथा सम्मान गरिएको हो ।

समाजका अध्यक्ष प्रभु श्रेष्ठले उहाँहरुलाई सम्मान गदैं धरानको विकासमा संस्थासँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनु भयो । उहाँले विगतमा सुनसरी क्षेत्र नं. १ बाट विजयी माननीयहरुसँगको सहकार्यमा धरानमा धेरै योजनाहरु आएको बताउदैं नयाँ सांसदसँग पनि सहकार्य गरेर धरानको विकास गर्ने उहाँले बताउनु भयो । 

प्रतिनिधी सभखभ सदस्य अशोककुमार राईले पूर्व माननीयहरुले धरानको विकासको जग बसाएको बताउदैं त्यसलाई पुरा गर्न आफ्नो भूमीका हुने बताउनु भयो । धरान सरोकार समाजसँग सहकार्य गरेर काम गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनु भएको छ । प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले आफुहरु यस क्षेत्रको विकास र जनताका सुविधाका लागि काम गर्न गएको बताउदैं हाम्रो काममा खवरदारी र सरोकारवालाहरुको सुझाव तथा निर्देशनका चासो रहेको बताउनु भएको छ । कार्यmक्रममा अर्का प्रदेश सभखभ सदस्य विजयकुमार राईले पनि सबैसँग सहकार्य गरेर यसक्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

कार्यक्रममा पूर्व बाणिज्यमन्त्री मीन विश्वकर्माले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिनु भएको छ । उहाँले सबैसँग सहकार्य गरे अगाडिबढ्न पनि सुझाउनु भयो । 

317566469_8685650128113459_6895785149238638353_n

कार्यक्रममा संविधान सभाका सदस्यहरु कृष्णकुमार राई, किरणकुमार राई, समाजसेवी सरला कायस्था, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर प्राडा विक्रम प्रधानलगायतको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष प्रभु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालन समाजका सल्लाहाकार भीमज्वाला राईले गर्नु भएको थियो ।  

317387720_8685651178113354_7111176548467432798_n