• देवेन्द्र कार्की

धरान / झापांको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर ३ बर्ष श्रम गर्नु भयो । घर रुगने उहाँदे काम पाउनु भयो । कुनै सीप नभएका लावतीले पैसा कमाउन नसके पछि घर फर्कनु भयो । फेरी सन् २००७ मा  कतार जानु भयो । त्यहाँ सुरक्षा गाडृको काम थियो । भने अनुसार पैसा नभए पछि १ बर्ष मै घर फर्कनु भयो । फेरी सन् २०१० मा दुवई हाकिनु भयो । त्यहाँ भने १० बर्ष वल्डिङको काम गर्नु भयो । 


दुई बर्षदेखि नेपालमा उहाँ त्यतिकै बसिरहनु भएको थियो । गोठमा दुई/चार वटा गाई भने उहाँले पाल्दैं आउनु भएको थियो । लामो समय विदेश बसेर पनि केही गर्न नसक्नु भएका लावती कृषी पेसामा लाग्नु भएको थियो । तर पेसा प्रतिको प्राविधिक ज्ञान अभावमा उहाँ भौतारिरहनु भएको थियो । पशुपालनमा झुकाव राख्ने लावतीले पशु स्वास्थ्य सम्बन्धि तालिम पाए पछि उहाँ पशु पालन व्यवसाय दिगो हुने आशा गर्नु भएको छ । 

off season veg_kerawariलावती जस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बसपार्क क्षेत्रका अनिस राई पनि साढे ३ बर्ष कुवेत बसेर एक बर्ष अघि फर्कनु भयो । उहाँले विदेश बस्दा किचेनमा काम पाउनु भयो । एक बर्ष अघि नेपाल आएर उहाँ त्यतिकै भौतारी रहनु भएको थियो । विर्तामोडमा हाउस किपिङको तालिम आए पछि उहाँ पनि अन्तर्वार्ताबाट पास भई तालिममा सहभागी हुनु भयो । तालिम प्राप्त भए पछि उहाँ अव होटल लाइनमा स्वदेशमा केही गरेर बस्ने अठोट लिनु भएको छ । 

live-strock_shivsatasiझापा कमल गाउँपालिका वडा नं. ४ की इन्दिरा कार्की (गुरुङ) तीन बर्ष कुवेतमा क्लिनरको काम गरेर फर्कनु भएको छ । उहाँ दुई बर्ष अघि नेपाल फर्केर त्यतिकै बसिरहनु भएको थियो । घर नजिकै पशुस्वास्थ्य सहायकको तालिम आए पछि उहाँ पनि प्रकृया पुरा गरेर तालिममा सहभागी हुनु भयो । तालिम लिए पछि उहाँ आफ्नै देशमा केही गर्ने मनोवल बढेको बताउनु हुन्छ ।  

लावती, राई र कार्कीजस्तै झापा मोरङ र सुनसरीका विदेश बसेर फर्किएका ३ सय जना युवाहरुले विभिन्न प्रकारका सीपमुलक तालिम लिने अवसर पाउनु भएको छ । घर नजिकै निशुल्क पाएको तालिमले उहाँहरुलाई नेपाल मै केही गर्ने आत्मवल बढेको उहाँहरु बताउनु हुन्छ । 

वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजनाले छोटो अवधीको सीपमुलक तालिम दिए पछि यहाँका युवाहरुले  सीपयुक्त हुने मौका पाउनु भएको छ । युरोपेली संघको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता–टिभिईटि व्यावहारिक साझेदारी अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठन(ILO) द्वारा कार्यान्वयन गरिएको यो परियोजनाले प्रदेश १ का मोरङ, सुनसरी र झापा जिल्लामा ३ सय जनालाई तालिम प्रदान गरेको हो । यस परियोजना संचालन गर्न नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मुख्य भूमिका खेलेको छ । विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै रहेर केही गर्न प्रोत्सोहान गर्न दातृ निकायहरुसँग सहकार्य गरेर १८० घण्टाको तालिम संचालन गरिएको छ । झापाको कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिलका, शिवसतासी नगरपालिका, मेची नगरपालिका, विर्तामोड नगरपालिका, मोरङको केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दर हरैचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकामा तालिम आयोजना गरिएको थियो । 

house_kiping_birtamodतालिमका लागि विदेशबाट फर्किएका युवाहरुलाई तालिममा सहभागी गराउन पौरखी नेपाल र ओरेक नेपालले सहयोग गरेको थियो । छोटो अवधीका प्लम्बर, होम स्टे, साना होटल व्यवस्थापन, हाउस पेन्टर, विल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, पशु स्वास्थ्य सहायक र बेमौसमी तरकारी खेतीलगायतको सीपमुलुक तालिम संचालन गरिएको तालिमका व्यवस्थापक गिरीराज घिमिरेले बताउनु भयो ।  

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाहरुका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिएको जनाइएको छ । श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजनाका साथ यो तालिम आयोजना गरिएको थियो । नेपालमा विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्न यस्तो तालिम आयोजना गरिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका प्रदेश १ अध्यक्ष कृष्ण शाहले बताउनु भयो । विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपय टिठलाग्दो अवस्था रहेको अवस्था पाइएको र तालिमले आत्मनिर्भर हुन सहयोग गर्ने अन्तराष्ट्रिय श्रम संगठनकी परामर्शदाता सवाना भट्टले बताउनु भयो । ‘अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन् ।’, उहाँले भन्नुभयो, ‘उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम यस तालिमले गर्ने छ ।’

small_hotel_itahari

उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको आयोजकले जनाएको छ । 

त्यसबाहेक परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवद्र्धन गरी सामाजिककरण गर्ने जनाइएको छ । परियोजनाले मुख्यतः कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने वेलकम होमका नेपाल संयोजक ताराप्रसाद बखरियाले जानकारी दिनु भयो ।  

kerabari_off season veg