धरान  / हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो ‘द भोइस अफ नेपाल’ मा शिर्ष १२ मा छनोट हुन सफल पदम राईलाई विजयी बनाउन धरानमा अभियान सुरु गरिएको छ । 

पदमका परिवारले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै भोटमार्फत विजयी बनाउन अपिल गर्नु भएको छ । ‘टिम राजेश पायल राई’मा रहेका पदमलाई  खल्ती एपमार्फत भोट गर्न सकिने छ ।

'साङ्गितिक क्षेत्रमा धरानले देशकै प्रतिनिधित्व गर्दै आएको छ । यहाँका सङ्गीतप्रेमी समुदायमा पदमलाई भोट गरिदिन अपील गर्दछु,ु पदमका साहिला दाई भूपाल राईले भन्नु भयो–‘भोइसले संघर्षरत प्रतिभाहरुलाई प्लेटफर्म दिइरहेकाले धराने युवालाई प्रोत्साहित गर्न म सबैलाई आग्रह गर्दछु ।’ 

पदम देश कै गहना भएकाले सबैलाई सहयोग गर्न धरानका स्थानीय तथा संविधान सभा सदस्य किरण राईले समेत अपिल गर्नु भयो । प्रतिभा भएर पनि अवसर प्राप्त गर्ने अवस्था नरहेकाले द भोइसको यो अवसरलाई पदम राईको पक्षमा पार्न सबैले सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।  

ब्लाइण्ड राउन्डमा टिम प्रमोदलाई छनोट गरेका पदमले ब्याटलमा बाहिरिंदा कोच राजेशले स्टिल गर्नु भएको थियो । नकआउट राउण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पदम हाल लाइभ राउण्डपछि क्लोज क्याम्पमा रहनु भएको छ । 

टिम राजेशपायल राईबाट शीर्ष १२ मा पर्न सफल पदम धरानबाट काठमाडौं गई विगत एक दशक अघिदेखि साङ्गीतिक क्षेत्रमा कृयाशील र संघर्षरत हुनुहुन्छ ।

फुटकर ५० बढी गीतमा आवाज भरिसकेका पदमले एक दशक अघि नै ‘यो जन्’ नामक साङ्गीतिक एल्बम बजारमा ल्याइसक्नु भएको छ ।   

युट्युब च्यानलमा ‘करोड क्लव’ मा पदमका ४ वटा गीत छन् । परिवारबाट पदम राई जिताऔ अभियान सन्चालन भइ रहेको छ भने धरानमा उनलाई किरात राई यायोक्खा, किरात राई कलाकार सङ्घलगायतले संस्थागत सहयोग गर्ने परिवारको अपेक्षा छ ।

भोट गर्ने तरिका 

उहाँलाई भोट गर्न मोवाइलमा खल्ती एपस् डाउनलोड गर्नु पर्ने हुन्छ । उक्त एप्स्बाट पदम राईलाई भोग गर्न सकिन्छ । उहाँलाई सिधै भोटका लागि आर्थिक सहयोग पनि गर्न सकिने उहाँको परिवारले जनाएको छ । 

padam rai