धरान  /       १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा इस्र्टन एकेडेमी र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

सोमवार भएको क्वाटरफाइनल खेलमा इस्र्टनले आयोजक डिपो र पुलिस स्कुलले प्रभात स्कुललाई पराजित गर्दै सेमिफाइनल खेलमा प्रवेश गरेका हुन । डिपो र इस्र्टन विच भएको खेलमा निर्धारित समयमा दुवै तर्फ गोल नभए पछि खेल टाइवे्रकरमा धकेलिएको थियो । टाइव्रेकरमा इस्टनले डिपोलाई ४–३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको छ ।

दोस्रो क्वाटर फाइनखेलमा समेत दुवै तर्फ गोल हुन नसकेपछि खेल टाइव्रेकरमा गएको थियो । टाइव्रेकरमा समेत ३÷३ वरावर गोल भए पछि सडनडेथको आधारमा पुलिस स्कुल विजयी भएका हुन । जितसंगै पुलिस र इस्र्टन एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन ।

सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको पहिलो खेलमा वराह र एक्वा एकेडेमी विजयी भएका छन । वराह राइजिङ्ग स्टार स्कुलले लिवर्टिलाई १–० र एक्वा एकेडेमीले आइडल लाई ४–० गोल अन्तरले पराजित गरेका छन ।

सोमवार भएको पहिलो क्वाटर फाइनल खेलमा डिपो स्कुलका मन्जिल मगर र दोस्रो क्वाटर फाइनल खेलमा प्रभात स्कलका नेम्साङ थापामगर म्यान अफ द म्याच घोषित हुनु भयो ।  उनीहरुलाई डिपो व्यावस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भयो । 

 तस्विरः विकास चाम्लिङ राई