काठमाडौं । यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका शक्तिशाली पदाधिकारी पराजयको शिकार बनेका छन् । 

हालसम्म नेकपा एमालेका पाँच जना पदाधिकारी तथा शक्तिशाली नेता पराजित हुनु भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवारहुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुनु भयो ।

निकटतम प्रतिस्पर्धी रहेका पोखरेलले १० हजार १७५ मत पाउनु भएको थियो । तर, उक्त मत जितका लागि पुग्दो भएन । १५ हजार २३७ मत प्राप्त गर्दै पौडेलले फराकिलो जित निकाल्नु भयो । 

नेकपा एमालेका उपाध्याक्ष सुरेन्द्र पाण्डे चितवन–१ बाट प्रतिनिधिसाभ सदस्यको उम्मेदवार बन्नु भएको थियो । उहाँ नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित हुनु भयो । ३४ हजार १८९ मत पाएर ढकाल निर्वाचित हुँदा पाण्डेले भने २६ हजार ६०६ मात्र पाउनु भयो । 

यस्तै एमालेका अध्यक्ष केपी ओलीका दाहिने हात नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि पराजय भोग्नु पर्यो । उहाँ –२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार हुनुहुन्थ्यो ।  नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग पराजित हुनु भयो । 

२६ हजार ८७७ मत प्राप्त गर्दै रेखा निर्वाचित हुँदा शंकरले २६ हजार ६८१ मत पाउनु भएको थियो । उहाँ १९६ मतले पराजित हुनु भयो । 

एमालेका अर्का नेता पार्टीका उपमहासचिव प्रदीव ज्ञवाली गुल्मी–१ बाट पराजित हुनु भयो ।  नेपाली कांग्रेसका चन्द्र भण्डारी ३३ हजार ७४४ मतसहित निर्वाचित हुँदा ज्ञवालीले ३२ हजार १५२ मत मात्र पाउनु भयो । 

एमालेका सचिव लेखराज भट्ट कैलाली–४ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नु भएको थियो । माओवादी हुँदा निर्वाचन जित्दै आउनुभएका भट्ट एमाले भएपछि भने कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरसँग पराजित हुनु भयो । 

२६ हजार १७१ मतसहित बलायर निर्वाचित हुँदा भट्टले भने २२ हजार ५७८ मत मात्र पाउनु भएको थियो । एमालेका शक्तिशाली नेताहरु पराजित हुनु भएका छ । 

यस पटकको निर्वाचनमा नेताले ‘नेता’ बनाइदिएका र आर्शिवादमा ‘पद’ पाएका नेताहरुलाई जनताले विदा दिएका छन् । तर तलदेखि संघर्ष गरेर जनतामाधm लोप्रिय नेताहर भने झिनो तमले भए पनि विजयी हुन सफल भएका छन् । 

मुख्य पदाधिकारीहरुले नै हार व्यहोरे पछि अव उहाँहरुले नैतिककताको आधारमा पदमा बाट राजिनामा दिन्छन वा दिदैंनन् त्यो भने हेर्न वाँकी छ ।