• विकास चाम्लिङ राई

कोरोनाको कारण नी वर्ष रोकिएको १७ औ ललित अम्वर डिपो कप शुक्रवार देखि धरान–१८ स्थित डिपोट खेल मैदानमा शुरु भएको छ । 

शुक्रवार भएको उद्घाटन खेलमा डिपो स्कुलले आइडल स्कुललाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि दौडमा अघि वढेको । 

 खेलमा डिपो स्कुलका सारेन राईले दुई गोल, सल्विन ताम्रकारले एक गोल, सरोज तोलेङ्गिले एक गोल गर्नु भयो । आइडलका वीरेन राई र नकुल परियारले आत्मघाति गोल गर्नु भएको थियो । आइडलका तर्फ वाट मिमिक मगरले सान्तावना गोल र्नु भयो ।  खेलको म्यान अफ द म्याच आइडलका मिमिक मगर घोषित हुनु भयो । 

प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम वेघा र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यावस्थापन समिति अध्यक्ष क्या.अम्वर वहादुर लिम्वुले संयुक्त रुपमा गनुृ भएको थियो । प्रमुख अतिथि बेघाले डिपोट स्कुलको श्रषिक तथा अतिरिक्त क्रियाकलापमा अववल रहेको चर्चा गदैं प्रतियोगितामा सहभागपि खेलाडहिरुलाई शुभकामना व्यक्त गर्नु भयो ।  डिपो सार्वजनिक शैक्षिक गुठि संचालक समिति कार्यवहाक अध्यक्ष भिमराज लिम्वु, डिपो आर्दश वहुमुखि क्याम्पसका प्राचार्य राजकुमार राई, युवा नेता भिमज्वाला राई, नेपाल पत्रकार मसासंघ सुनसरी अध्यक्ष जनकऋषि राईलगायतको उपस्थिति रहेको थियो ।  

      मंशिर १६ गते सम्म संपन्न हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद दस हजार, उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडि र हाइ स्कोररले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरि प्रतियोगिताको पहिलो चरणका उपविजेताहरुले सहभागिता जनाउने लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उद्घाटन खेलमा पराजित भएका आइडल स्कुलले प्लेट च्याम्पियन खेल्नेछ ।  

भोलिको खेल इस्र्टन एजुकेशनल एकेडेमि र वराह राइजिङ्ग स्टार, नेपाल पुलिस र इक्वा सेकेन्डरी स्कुल र प्रभात सेकेन्डरी स्कुल र लिवर्टि रेसिडेन्टल स्कुल विच हुनेछ ।