धरान / सुनसरी क्षेत्र नम्बर २ प्रतिनिधीसभा प्रत्यक्ष तर्फ एमालेका भीम आचार्यले अग्रता लिनु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार पूर्वमुख्यमन्त्री रमेत रहनु भएका आचार्यले इटहरीका वडा नं. १,२,३,४,५, १६,१७,१८ र १९ तथा देवानगञ्जको वडा नं १,२,३,४ गन्दा  आचार्यले १४ हजार ३ सय ११ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १२ हजार तीन सय ६९ ल्याउनु भएको छ । आचार्य एक हजार नौ सय ४२ मतले अगाडी हुनुहुन्छ । 

लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले  ११ हजार नौ सय १७ मतले पछ्याइरहनु भएको छ । 

चार वटा निर्वाचन क्षेत्र रहेको सनुसरीको क्षेत्र नं. २ मा सबै भन्दा बढि १ लाख ४९ हजार ५ सय ६६ जना मतदाता रहेका छन् । सो क्षेत्र अन्तर्गत प्रदेश सभा तर्फ १ मा इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, रामधुनी नगरपालिकाको दुई वटा वडाबाट गरि कुल ८० हजार ४ सय ३७ मतदाता छन् । प्रदेश सभा २ मा इनरुवा नगरपालिकाको विभिन्न ६ वटा वडा, देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिकाको ४ वटा वडा र हरिनगरा गाँउपालिकाको ३ नम्बर वडाबाट गरी कुल ६९ हजार १ सय २९ मतदाता रहेका छन् ।