सप्तरी / सप्तरी क्षेत्र नम्बर १ को ९२० मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी हुनुभएको छ ।
सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोका अनुसार जनमत पार्टीका मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्मर यादवले नौ हजार आठ सय ८८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका उमेदवार बद्रीनारायण महत्मान यादवले छ हजार छ सय १० मत प्राप्त गर्नुभयो ।
![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)


















