धरान / वाम गठबन्धनका सनसरी १ का प्रतिनिधि सभा उम्मेदवार जयकुमार राई, प्रदेशसभा(ख)का उम्मेदवार भिम आचार्यसहित समानुपातिक उम्मेदवारहरुले सोमबार रामधुनी ७, कुमारखतमा कोणसभा गर्दै घरदैलो शुरु कार्यक्रम गरे । तर, खेतीकिसानी गर्ने मतदाताहरु भने खेतबारीमा पुगिसकेका थिए । घरमा नभेटिएका मतदाताहरुलाई भेटन र मत माग्न बाम उम्मेदवारहरु पनि खेतबारीमा नै पुगेर मत मागे ।
कार्यकर्ताहरुको साथमा दुई हात जोड्दै उम्मेदवारहरु खेतबारीमै पुगेपछि मतदाताहरु पनि अचम्मित हुन्थे । कोही भने हर्षित हुदै जितको शुभकामना पनि दिन्थे । ‘हामीलाई चुनावको तर मतदातालाई कामको चटारो छ । त्यसैले खेतबारीमा भेटेर मत माग्यौं,’प्रदेशसभा(ख)का उम्मेदवार आचार्यले भने ।
यस्तै प्रदेश क का उम्मेद्वार प्रदिप भण्डारीले धरान ४ स्थित गैरीगाउामा पुगेर मतदाताहरुको काम गर्ने स्थलमा पुगी मत मागेका छन् ।