काठमाडौं  /  मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ ।

 मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ ।

 निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

bhim acharya1

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा  मतदान

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ । 

बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । सो अवसरमा उहाँले सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दावी गर्नुभयो ।  मतदान गरेलगत्तै उहाँगोरखा जानुभएको छ । 

शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् । तस्विर: विकाश चाम्लिङ राई

binod

matdan1

matdan kendra