भोजपुर  / आगामी मङसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती चुनावी मैदानमा होमिनुभएको छ । 

यो निर्वाचन शेरधन र सुदन बीचको तेस्रो प्रतिस्पर्धा हो । विसं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा शेरधनलाई पराजित गर्दै किराँती विजयी बन्नुभएको थियो । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा किराँतीलाई पराजित गर्दै राईले जीत हासिल गर्नुभएको थियो । 

विसं २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट किराँती प्रतिनिधिसभामा र राई भोजपुर प्रदेशसभा (२) सदस्यमा विजयी बन्नुभएको थियो । यो निर्वाचनमा भने सुदन र शेरधन बीच नै पुनः प्रतिनिधिसभा सदस्यमा भिडन्त भइरहेको छ ।

भोजपुर विगत दुईवटा क्षेत्र थियो तर हाल भने एउटै क्षेत्र बनाइएको छ । दुई नं. क्षेत्र बाट विगतमा चुना लड्दैं आउनु भएका शेरधन राईलाई पहिलो पटक भोजपुरको पूर्व–उत्रर क्षेत्रका मतदाताले भोट हाल्न पाउदैंछन् । प्रदेश १ को मुख्यमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता राईलाई भोट हालन मतदाता उत्साही भएको साल्पासिलिचोङ गाउँपालिककाका स्थानीय महेश कुलुङले बताउनु भयो । 

दुवै उम्मेदवारले जीत आफ्नो हुने दावी गरिरहेका छन् ।  यसअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई आधार मान्दा एमालेको जिल्लामा सबैभन्दा बढी मत देखिन्छ । तर गठबन्धनका दलहरूको सम्पूर्ण मतलाई जोड्दा भने एमाले दोस्रो स्थानमा रहेको छ । तर शेरधन राईको पटक राम्रो भएको जानकारहरु बताउछन् । मुख्यमन्त्री हुदा भोजपुरमा करिव ५ अर्वको योजनाहरु लगेका कारण पनि मतदाताहरु राई प्रति आकर्षण बढेको छ । 

स्थानीय तह निर्वाचनमा एमालेले २७ हजार छ सय ५६, नेपाली काङग्रेसले २३ हजार पाँच सय ९९ नेकपा (माओवादी केन्द्र) ले १४ हजार सात सय ६१ र नेकपा (एकीकृत समाजवादी) ले एक हजार नौ सय छ मत पाएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा लोकतान्त्रिक–वाम गठबन्धनको ४० हजार दुई सय ६६ मत छ । एमालेको २७ हजार छ सय ५६ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशसभा (१) मा एमालेका तर्फबाट हरिबहादुर राई र गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई  र प्रदेशसभा (२) मा एमालेबाट प्रेम कार्की(खड्गबहादुर) र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद वान्तावा चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यमा पनि एमाले र गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । वान्तवा क क्षेत्रका भएका कारण रामप्रसाद राई गाउँपालिकाका स्थानी कार्की त्यस क्षेत्रका मतदाताहरुसँग चिरपरिचित भएको पाइएको छ । जनतासँग भिजेका नेताको रुपमा कार्कीले परिचय बनाएकै कारण यो चुनाव उहाँका लागि सहज भएको बताइएको छ । 

यहाँका ८१ वटा वडामध्ये प्रदेशसभा (१) मा ४० र प्रदेशसभा (२) मा ४१ वडा परेका छन् । जिल्लामा कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन् । प्रदेश सभा ९१० मा ६४ हजार दुई सय ३७ र प्रदेशसभा (२) मा ६९ हजार एक सय ४३ मतदाता छन् ।