धरान  / दुबै मृगौला खराव भएर उपचार गराई रहेका यातायात श्रमिक नीलबहादुर कार्कीलाई विभिन्न व्यक्ति र संस्थाहरूको सहयोगमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पहलमा संगठन र विभिन्न व्यक्ति र संस्थाहरूको सहयोगमा नगद १५ हजार ५ सय १० रूँपैया सहयोग प्रदान गरिएको हो । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्याला राईको उपस्थितिमा शविनार उहाँको घर धरान–१३ जानकी चोकमा पुगेर नगद हस्तान्तरण गरिएको हो । कार्की दुवै मृगौला फेल भएर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गरिरहनु भएको छ । परिवारमा एक मात्र कमाउने व्यक्ति थलिए पछि उहाँको परिवारलाई दैनिक जीवन चलाउन समस्या परेकाले उहाँलाई सहयोग गर्न मजदुर संगठनले अपिलसमेत गरेको छ । ‘साथीहरुसँग सहकार्य गरेर उहाँलाई सानो सहयोग गरेका छौं । उहाँलाई थप सहयोगको आवश्यता छ ।’–संगठनका अध्यक्ष राईले भन्नु भयो ।