धरान  / प्रदेश १ स्तरीय दुईदिने थ्री वाइ थ्री महिला बास्केटवल प्रतियोगिताको उपाधि धरान मेघा कलेज ए टिमले चुमेको छ ।

धरान मेघा कलेजले शनिवार भएको फाइनल खेलमा रेड डेभिल्स वि टिमलाई ११–२ अंकको फराकिलो अन्तरमा सहज जित निकाल्दै उपाधि चुमेका हुन । जित संगै धरान मेघा कलेजले नगद दुई हजार ५ सय, ट्रफि र मेडल प्राप्त गरेका छन । यसै गरि उपविजेता टिमले नगद १ हजार ५ सय, ट्रफि र मेडल प्राप्त गरे । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि धरान मेघा कलेजका डा.आशा राई घोषित भइन । उहाँले ट्रफि र मेडल प्राप्त गरे ।

महिला खेलाडिहरुलाई प्रोत्साहन गर्नका लागि यु १८का पुर्व राष्ट्रिय खेलाडि रवि वास्फोरको संयोजनमा प्रतियोगिता आयोजना भएको हो । धरान १७ होराइजन टोल स्थित श्री माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान मेघा कलेज ए र वि टिम, युवा जागृति ए र वि टिम, रेड डेभिल्स ए र वि टिम, होलिल्याण्ड स्कुल, टिम विर्तामोड, तिम होस्ट विर्तामोड, सिसिटि हातिmसार र मिराकल बास्केटवल टिमले सहभागिता जनाएको थियो ।