धरान / अगामी मंसिर ४ मा हुने निर्वाचन पछि सरकार गठन गर्ने दलका उम्मेद्वारलाई मतदान गर्न नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङले आग्रह गर्नु भएको छ । 

धरानको छाताचोकमा शुक्रबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यसपटक गठबन्धनले युवा उम्मेद्वारलाई अगाडि बढाएको र युवाबाट सुनसरी–१ को परिवतृन सम्भव भएको उहाँले बताउनु भएको छ । 

संघ र प्रदेशको सांसद नीति र नियम बनाउन जाने बताउँदै यस क्षेत्रको विकासकाले लागी नीति निर्माण गर्न सक्ने र सरकार बनाउने दलका उम्मेद्वारलाई नै मतदान गर्न पनि उहाँले आह्वान गर्नु भएको छ । 

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभाका लागि मुक्साङहाङ लिम्बु र प्रदेश सभा सदस्यमा उमेश थापा र रेवतीरमण राई मैदानमा हुनुहुन्छ ।