इटहरी  / विश्व आदर्श कलेज इटहरीमा शुक्रबार  अच्छा राई  रसिक प्रतिष्ठानको ब्यानरमा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ को विमोचन भएको छ । लघुकथा बिश्लेषक समेत रहनु भएका वरिष्ठ लघुकथाकार कोइरालार्को बा को फोटो’ विमोचन कार्यक्रमको अध्यक्षता प्रतिष्ठान अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेले गर्नुभएको थियो । प्राडा टङ्क न्यौपाने कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।   न्यौपानेसहितका अतिथिहरुले पुस्तक लोर्कापण गर्नु भएको थियो ।    

             झोराहाट नाट्य समूह अध्यक्ष भरत गुरागाइँ बर्बरिक,बिशिष्ठ अतिथिद्वय डा. रमेश घिमिरे र इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  कार्यक्रममा  रचना विश्लेषण बरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गर्नुभयो । 

             लघुकथाकारहरु रमेन्द्रमुनि कोइराला, विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दाहाल भण्डारी, श्रीप्रसाद पोख्रल तथा कृष्ण गौतमसमेत उपस्थिति भई लघुकथा वाचन तथा विश्लेषण गरिएको थियो । 

           इटहरी, धरान, इनरुवा, बेलवारी, सुन्दर हरैचा, बिराटनगर, झोडाहाट, धनकुटा, भोजपुर तथा रामधुनीलगायतका स्थानबाट उल्लेख्य सङ्ख्यामा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय कविता प्रतियोगिता प्रथम कवि टीका आत्रेय, राष्ट्रिय पुरस्कार प्राप्त झोराहाट नाट्य समूह अध्यक्ष बर्बरिक, इटहरी बौधिक समाज सदस्य डा. तारा निरौला, डियर कल्याण साहित्य प्रतिष्ठान अध्यक्ष विनोद विवश, सिर्जनामा इनरुवा अध्यक्ष लीलानाथ सिलवाल, कवि मुक्ति पोख्रेल, कवि रोहिणी रसिक, कवि सिर्जना नेपाल,  प्रदेश लघुकथा पुरस्कार प्राप्त लघुकथाकार बिष्णु भण्डारी लगायत बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

           कार्यक्रममा बिश्लेषक डा. खेमराज खनालले समाज विविध क्षेत्र समेटिएको बाझको फोटो ले भाषा, संस्कृति,प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थता केलाउँदै समाज सुधार गरी आदर्श समाजको परिकल्पना गरिएको बताउनुभयो । लघुकथा सङ्ग्रह उम्दा रहेको अर्का बक्ता अग्रज लघुकथाकार सरन राईले बताउनु भयो । बरिष्ठ लघुकथा बिश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरु प्रशस्त हुँदै गएकोमा आज  लघुकथाको मियो गाडिएको र आगामी दिनमा लगातार नयाँ नयाँ लघुकथा सङ्ग्रह सिर्जना हुँदै जाने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो ।