धरान  /  बैंकहरुले अत्याधिक व्याज बढाएको भन्दैं व्यवसायीहरुले विरोध जनाएका छन् । 

 नेपाल राष्ट्र बैंकले लागुगरेको चालु पुजी मार्ग निर्देशन र सोही मार्ग निर्देशनको आड्मा बैक तथा बित्तीय सस्थाहरुले मनोमानी रुपमा गरेको ब्याजदर वृद्धिको विरुद्ध सुनसरी उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले विरोध जनाएका हुन ।  

मंगलबार धरानमा रहेका सम्पूर्ण बैकहरुका प्रमुख तथा म्यानेजहरुलाई चर्को व्याजदर घटाउन माग गदैं ज्ञापन पत्रसमेत बुझाएका छन । उनीहरुले बुधबार मौन जुलुससमेत गरेका छन् । उनीहरुल एक दिन बैंकसँग कारोवार पनि नगर्न आग्रह गरेका छन् ।