धरान । ललित अम्बर डिपो कपको १७ औं संस्करण मङ्सिर ९ गते शुक्रबारदेखि मङ्सिर १६ गतेसम्म आयोजना हुने भएको छ । 

कक्षा ५ सम्मका विद्यार्थी सहभागी हुने डिपो कपमा सुनसरीका १६ विद्यालयले सहभागिता जनाउने छन् । 

कपका विजेताले १० हजार नगद रुपैयाँसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो पुरस्कार नगद ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र, तेस्रो पुरस्कार नगद ३ हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । 

डिपो कपसगै दिलकुमार प्लेट च्याम्पियन कपसमेत सगै आयोजना हुँदै आएको छ । यसका विजेताले ३ हजार नगदसहित रनिङ शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले भने नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 

०६१ सालमा प्रथम पटक आयोजना गरिएको डिपो कप ०७६ सालसम्म १६ औं पटक आयोजना भएको थियो । 

कोरोना सङ्क्रमणका कारण २ वर्ष स्थगित भएको डिपो कप यो वर्ष १७ औं सस्करण आयोजना हुन लागेको हो । 

१७ औं ललित अम्बर डिपो कप तथा पहिलो चरणमा पराजित हुने विद्यालयका टिमबीचमा पहिलेदेखि नै सन्चालन हुँदै आएको दिलकुमार प्लेट च्याम्पियन कपसमेतसगै सन्चालन हुने संयोजक एएसपी विरेन्द्र विक्रम लिम्बूले जानकारीी दिनु भयाे । 

कक्षा ५ सम्मका बालबालिकाहरुभित्र लुकेर रहेका असीमित प्रतिभालाई खेलकुदमार्फत प्रस्फुटन गर्नु डिपो कपको उद्देश्य रहेको प्राचार्य राजकुमार राईले जानकारी दिनु भयाे । 

उहाँका अनुसार प्रावीस्तरीय फुटबल प्रतियोगिता सन्चालन गरी धरान उपमहानगरभित्रका सस्थागत विद्यालयबीच आपसी सद्भाव कायम राख्ने डिपो स्कुलको उद्देश्य रहेको छ । 

विद्यालयले ४ लाख ३२ हजार ७ सय २९ रुपैयाँको सन्चालन खर्च विनियोजन गरेको छ ।