धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिष्टार तथा स्त्री रोग विशेषज्ञ प्राडा मोहनचन्द्र रेग्मी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । 

मोजाम्बिकको राजधानी मोपुतोमा भएको फिस्टुला सर्जनहरूको अन्तर्राष्ट्रिय सङ्गठनको आठौं सम्मेलनमा प्राडा रेग्मीलाई  ‘इन्टरनेशनल सोसाइटी अफ अब्स्ट्रेटिक फिस्टुला सर्जन’(आईसोफ्स) अवार्ड प्रदान गरिएको हो । 

विश्वका ५० देशका फिस्टुला सर्जनहरू सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाउनुभएको थियो । त्यसमध्ये नेपालबाट प्राडा रेग्मी र पाकिस्तानका २ जनाले पाउनु भएको छ ।  नेपालबाट यो अवार्ड पाउने उहाँ पहिलो व्यक्ति हुन् ।

विगत १५ वर्षदेखि हालसम्म ८ सय फिस्टुला बिरामीको अप्रेसन गर्नु भएका प्राडा रेग्मी अब्ट्रेष्टिक फिस्टुलाको उपचारमा असाधारण योगदान पु¥याएको संगठनले जनाएको छ ।

रेग्मी फिस्टुला फ्रि नेपालका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ । उहाँकै पहलमा विपी प्रतिष्ठानमा फिस्टुलाको राष्ट्रिय केन्द्र स्थापना गरिएको छ । विपीसहित नेपालका ३ स्थानमा अब्स्ट्रेटिक फिस्टुलाको जटिल अप्रेसन हुने गरेको छ । फिस्टुलाका बिरामीको निःशुल्क उपचारसँग कुरुवाका लागि समेत खाने, बस्ने व्यवस्था मिलाइएको छ । उहाँले गाउँगाउँमा पुगेर महिलाहरुको उपचार गर्नु भएको छ । 

र्ड आफूले मात्र नभई नेपालले फिस्टुलाका लागि गरेको कामको मूल्याङ्कनका रूपमा पाएको प्राडा रेग्मीले बताउनु भएको छ । अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म सञ्चालन भएको सम्मेलनले प्रा।डा रेग्मीलाई सोसाइटीको कोषाध्यक्ष पदमासमेत निर्वाचित गरेको छ । उहाँ लामो समयदेखि प्रतिष्ठानको स्त्रीरोग तथा प्रस्सुती विभागको प्रमुख भएर समेत काम गर्नु भएको छ । एक बर्ष प्रतिष्ठानको रजिष्टार भएर प्रशासनीक कामको समेत अनुभव सङगाउनु भएको छ ।