काठमाडौं  / प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार माध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा÷भेलाजस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न ध्यानाकर्षण गराएको हो ।

सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वान विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्दा निर्वाचन आचारसंहिताबमोजिम सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्नेमा ध्यानाकर्षण गरेको छ । काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराले स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनका लागि  कटिबद्ध रही आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न र भ्रमपूर्ण तवरले प्रचारप्रसार नगर्न आग्रह गर्नुभयो ।

      अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वानसम्बन्धी विज्ञापनहरू प्रकाशन÷प्रसारण भइरहेको उल्लेख गर्दै तोकिएको आकार, समय र पटकलाई ध्यान दिन भनिएको छ ।  निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ ९घ० मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने’ र २५९ङ० मा दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने’ व्यवस्था रहेको छ ।