इटहरी । सुनसरी क्षेत्र नं ३  प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले सुनसरीलाई नमुना जिल्ला बनाउने बताउनु भएको छ ।

सुनसरीको इटहरी उपमहानगर वडा नं ६ का मतदाताहरू माझ  भेटघाट गर्ने क्रममा नेतृ चौधरीले अब इटहरीवासीको समस्या पनि आफ्ना  भएको बताउदै इटहरीवासीले वर्षौदेखि भोग्दै आएको डुबानको समस्या निर्वाचन जितेर गए लगत्तै प्रदेश र संघीय सरकारको समन्वयमा सामधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।  
नेतृ चौधरीले भन्नुभयो–‘मेरो उम्मेदवारी यहाँका जनताको आर्थिक समृद्धि, विकास र जनजिविकाका सवालमा हो । यो क्षेत्रमा विकास र समृद्धिको ढोका खोल्न हो ।’  चौधरीले नेकपा एमालेको टीमले जित हासिल गरे ३० वर्षमा हुन नसकेको विकासको काम ५ वर्षमा गरेर देखाउने दावी समेत गर्नु भएको छ ।  

फुलमाला सहित इटहरी पुग्नुभएकी चौधरीलार्इ मतदाताहरूले भब्य स्वागत गरेका छन् । उहाँले सकेसम्म निर्वाचन क्षेत्रका सबै मतदाताहरुसँग छलफल गर्ने बताउनु भएको छ ।