झापाको कनकाई नगरपालिकाले सडक क्षेत्रभित्र परेका भौतिक संरचना हटाउन सुरु गरेको छ । सुरुङ्गा बजारपूर्व झापा रोड सडकखण्डमा सडकको जग्गा अतिक्रमण गर्दै बनाइएका भौतिक संरचना हटाउन सुुरु गरिएको हो ।
नगरपालिकाले गत असोज १४ गते नै ३५ दिने सूचना जारी गर्दै सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । झापा रोड सडकखण्डको स्तरोन्नति सुरु भएसँगै aनगरपालिकाले नगरक्षेत्र भित्र बनाइएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । सडकको जमिन मिचेर बनाइएका भौतिक संरचना नहटाइएपछि नगरपालिकाले डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।